ओमसतिया महोत्सव आगामी फागुन ३ देखि ११ गते सम्म हुने

१४ माघ २०७५, सोमबार १५:१४

काठमाण्डौ, रुपन्देहीको ओमसतिया गाँउपालिका वडान ६ स्थित नरैनापुरमा ओमसतिया कला, संस्कृत, खेलकुद तथा कृषि प्रवर्धन महोत्सव २०७५ हुने भएको छ ।

आगामी फागुन ३ देखि ११ गते सम्म महोत्सव हुने छ । महोत्सवमा भोजपुरी सुपरस्टार गायक तथा अभिनेता खेशारीलाल यादवको टिम सहितको बिशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा स्टल राख्ने किसानहरु मध्ये उत्कृष्टलाई सम्मान गरिने ओमसतिया गाँउपालीकाका अध्यक्ष हिरा केवट राहुलले बताउनु भयो । महोत्सवको उदघाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताइएको छ ।राम जानकी मन्दिर , रंगशाला , सभाहल व्यवस्थापन समितिको आयोजनामा ओमसतिया वडा न ६ नरैनापुरमा भोजपुरी कला संस्कृति ,खेलकुद तथा कृषि प्रवर्धन महोत्सव हुने भएको छ ।

यस क्षेत्रको विकासको लागी खेलकुद तथा संस्कृति , शिक्षा ,खानेपानी, स्वास्थ्य ,सडक र रंगशालाको थप विकासको लागी टेवा पुगोस् भन्ने उद्देश्यले प्रर्दशनी मेला संचालन गर्न लागेको गाँउपालीकाका अध्यक्ष हिरा केवट राहुलले बताउनु भयो ।