आवासीय चिकित्सक संघको डा केसीका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी

६ माघ २०७५, आईतवार १२:४७

काठमाडौं , आजबाट हातमा कालोपट्टी बाँधेर आवासीय चिकित्सक संघ नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले सेवा दिन थालेको छ ।डा।गोविन्द केसीको मागमा सरकारले चासो नदेखाएको भन्दै आफूहरु बाध्य भएर हातमा कालोपट्टी बाँधेर सेवा दिन बाध्य भएको संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ ।

सरकारले चासो नदिए आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी पनि संघले दिएको छ । सरकारले डा केसीको माग पूरा गरेर जिवन रक्षा गरिदिन समेत संघले माग गरेको छ । संघका अध्यक्ष डा सुमित पाण्डेले आमरण अनशनरत डा गोविन्द केसीको अनशनका मागप्रति ऐक्यवद्धता जनाउँदै विगतको सहमतिअनुरुप चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने बताउनु भयो । त्यसैगरी, संघका सचिव डा विश्वराज तिमल्सिनाले सरकारले हरेक मागमा लिखित प्रतिबद्धता गर्ने तर माग पूरा नगर्ने गरेको बताउनु भयो । संघले आज दिउँसो त्रिवि शिक्षण अस्पताल परिसमा डा केसीको समर्थनमा प्रदर्शन गर्ने घोषणासमेत गरेको छ ।