हमासद्वारा ६ जनालाई फाँसीको फैसला

१८ मंसिर २०७५, मंगलवार ०८:५४

एएफपी

गाजा

गाजा क्षेत्रमा हमासले सञ्चालन गरेको सैन्य अदालतले सोमबार ६ जनालाई फाँसीको सजाय तोकेको छ।

इजरायलीसँग संदिग्ध तालमेल गरेको आरोपमा उनीहरुलाई झुन्ड्याएर मृत्युदण्ड दिन अदालतले आदेश दिएको अधिकारीहरुले जनाएका छन्।

६ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला गरेको गृह मन्त्रालयले जनाएको छ।

फाँसीको सजाय पाउनेमा अमाल नामकी एक महिला तथा अन्य पुरुष रहेको अधिकारीहरुले बताएका छन्।हमास र त्यसको गठबन्धनले इजरायलसँग सन् २००८ देखि युद्ध लड्दै आएको छ।