राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा गर्छः प्रचण्ड

१५ पुष २०७५, आईतवार १०:०५

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा गर्ने बताउनु भएको छ ।


आइतबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो शर्त भएको बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु गुरुङ दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।

तमु गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा मनाउने यो यस्ता चाडले सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्ने उहाँले जारी गर्नु भएको सन्देशमा उल्लेख गरिएको छ ।