रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन’

२७ मंसिर २०७५, बिहीबार ०८:४९

जनकपुुर

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका छन् । रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोरलेन बनाउने काम सुरु भएको उनले जानकारी दिए ।

 

‘रामले सीतालाई जुन मार्गबाट अयोध्या लिएर गएका थिए, त्यसलाई फोर–लेन बनाउने काम सुरु भएको छ,’ राम–सीता विवाह महोत्सवमा बुधबार जन्ती बनेर जनकपुर आएका आदित्यनाथले भने, ‘त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ ।’

 

उनले पशुपति–काशी र जनकपुर–अयोध्यालाई जोड्ने योजनाअनुसार काम भइरहेको बताए । ‘रामजानकी राजमार्ग यात्राको सुगमताले मात्र होइन, पर्यटन विकासको सम्वाहक पनि बन्नेछ,’ उनले भने, ‘यसले सबैको जीवनमा खुसियाली ल्याउनेछ ।

उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना सुनाए । ‘अयोध्या आए, वो जनकपुर जाए । जो जनकपुर आए, वो अयोध्या जाए,’ धार्मिक यात्रा अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले भने । उनले रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।