प्रधानमन्त्रीले प्रशासनमा नांगो हस्तक्षेप गरेः साँसद देवप्रसाद तिमलसिना

२३ मंसिर २०७५, आईतवार १६:५५

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा साँसद देवप्रसाद तिमलसिनाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले सरकार निरंकुशतातर्फ उन्मुख भएको बताएका छन् ।

संचारकर्मी संगको कुराकानीमा नेता तिमलसिनाले अन्य सरकारी संरचनालाई पंगु बनाई प्रधानमन्त्री कार्यालयलाई मात्र बलियो बनाएर प्रधानमन्त्रीले प्रशासनमा नांगो हस्तक्षेप गरेको आरोप लगाए ।निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण नभएकाले नेपाली कांग्रेसको नेतृत्वले कार्यसम्पादन गर्नुपर्ने साँसद तिमलसिनाले बताए ।साँसद तिमलसिनाले वर्तमान सरकार सबै दृष्टिकोणले असफल भइसकेको दाबी गरे ।