निर्मलाको पोस्टर प्रहरीले च्यात्न थालेपछि ज्याकेट, ब्याग र बाइकमा

१६ मंसिर २०७५, आईतवार १३:०९

काठमाडौं ।

निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ ।सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ ।

स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ । ‘सबैजनालाई यो पोष्टर आ–आफ्नो सवारीसाधन, ब्याग, ज्याकेट आदिमा लगाएर हिँड्न हामी आह्वान गर्छौं ता कि सरकारलाई दबाव पुगोस्,’ अभियानमा सहभागी एक युवकले भने

यसअघि यही समूहले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि भन्दै भीख मागेको थियो । भीख मागेर संकलन भएको रकमले भण्डारीका लागि नमूना गाडी बनाएर दिने तयारी समूहको छ ।राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको खबर सार्वजनिक भएलगत्तै व्यंग्यात्मक विरोधस्वरुप नमूना गाडी बनाएर दिन लागिएको हो ।