जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

८ पुष २०७५, आईतवार ११:०५

अभिनव चौहान

अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाको वाड नं ५ बांगीमा युवाहरुको पहलमा ७० वर्ष माथिका जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम कुल बहादुर चौहानको अध्यक्षता राम बहादुर चौहानको प्रमुख आथित्यतामा सम्पन्न भेलाले विष्णु चौहानको अध्यक्षतामा ५१ सदस्यीय उदेयमान जन जागृती क्लबको गठन गरेको छ।जसको उपाध्यक्षहरुमा अशोक चौहान र कमला चौहान सचीव विष्णु चौहान विकल्प , उपसचिव बसन्त चौहान , चिरञ्जीवी चौहान कोषाध्यक्ष लगायत १४ सदस्यीय सचिवालय १४ पुर्ण र २३ साधारण सदस्य सहित ५१ सदस्यीय गठन गरिएको छ।राम बहादुर चौहानको समायोजकत्वमा क्लबको संरक्षक तथा सल्लाहकार समितिको समेत गठन गरिएको छ ।साथै भेलामा ७० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा र नगद रकमले सम्मान गरिएको छ । भेलामा मन्तव्य राख्दै प्रमुख अतिथि चौहानले युवा एकतामा जोड दिनु भएको छ। भेलामा मन्तव्य राख्ने अन्य व्यक्तिहरुमा डाल बहादुर चौहान, जनक चौहान, विरेन्द्र चौहान,किम बहादुर चौहान, चिरञ्जीवी चौहान, रहनु भएको थियो ।अभिनव चौहानको संचालन अशोक चौहानको स्वागत मन्तव्य र विष्णु चौहानको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।