इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य नियुक्त

१६ पुष २०७५, सोमबार १८:०३

काठमाडौं– इजरायलका लागि नेपाली राजदूतमा डा अन्जान शाक्य नियुक्त हुनु भएको छ ।सरकारले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाई विशेष समितिले उहाँको नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्नु भएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम उहाँलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।