आङ सान सुकी स्वदेश फिर्ता

१६ मंसिर २०७५, आईतवार १३:२१

काठमाडौं

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्मारका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्किएकी छिन्। नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सु की यही मङ्सिर १३ गते काठमाडौँ आएकी थिइन्। शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ।