स्थानीय तहमा ‘उद्योग ग्राम’ स्थापना गर्न सरकारको आग्रह

२८ कार्तिक २०७५, बुधबार १७:३४

अर्थमन्त्री डा। युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गरेका छन।

बुधबार नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा समेत गरे ।

अर्थमन्त्री खतिवडाले देशको हस्तकलालगायतका बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्तिमाथिको अधिकारसम्बन्धि ऐन संशोधन प्रक्रिया अघि बढाएको पनि जानकारी दिए। हस्तकलासम्बन्धि बौद्धिक सम्पत्ति चोरी हुन नदिन आवश्यक सुझाव दिन पनि हस्तकला व्यवसायीहरुलाई आग्रह र्गदै ।अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात् हुने हस्तकलाको यकिन तथ्यांक संकलन गर्ने काममा सहयोग गर्न पनि व्यवसायीहरुलाई सचेत गराएका थिए।