सुजाताको निबास मण्डिखाटारमा नेताहरुको जमघट

११ मंसिर २०७५, मंगलवार १७:१२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गुटगट छलफलले तीव्रता दिएकी छन् ।केही समय अगाडि शीर्ष नेताहरुको बैठक आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् ।

लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए ।अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि मंगलबारको छलफलमा सहभागी थिए । अर्जुननरसिंह केसी र रामशरण महतका साथै गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरु सहभागी भएका छन् ।नेताहरुले विधान र राजनीतिक प्रतिवेदनबारे छलफल गरेर साझा धारणा बनाउनु पर्ने बताएका छन् । ‘महासमिति बैठक त हुन्छ तर, बैठकबाट पार्टीले कुन बाटो तय गर्छ भन्ने मुख्य हो भन्नेमा सबैको जोड थियो’ एक सहभागीले बताए ।