सिरियामा सरकारी सेना र विद्रोहीबीच झडप, कम्तीमा २ सयको मृत्यु

११ मंसिर २०७५, मंगलवार ०८:३९

काठमाडौं ।
सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीनदिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ ।

 

अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् ।इस्लामिक स्टेट आइएस लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् ।

भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ ।यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सबैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स एसडीएफ का सुरक्षाकर्मीहरु मारिएको घटना हो ।आइएस लडाकुहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो सबैभन्दा ठूलो घटना भएको सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले बताएका छन् ।रहमानका अनुसार, घटनामा परी ६१ जना जिहादि विद्रोही पनि मारिएका छन् ।