सहाराविहीनलाई उच्च शिक्षाको व्यवस्था गर्न नेता नेपालको माग

११ मंसिर २०७५, मंगलवार १५:२३

काठमाडौंः

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सहाराविहीन बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

वरिष्ठ नेता नेपालले बालगृहमा अध्ययन गरेका सहाराविहिन बालबालिकाका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद  सिटिईभिटी मा छुट्टै कोटाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। मंगलबार एक बालगृहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले लोककल्याणकारी काम गर्ने दायित्वप्रति सचेत रहन पनि सरकारलाई आग्रह गरे। वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउन सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउए। उनले देश समृद्ध भएमात्रै सहाराविहिन नागरिकले राज्यबाट राहत पाउनेतर्फ पनि सबैको ध्यानाकर्षण गराए।