सडक सुरक्षाका लागि बर्सेनि करोडौं खर्च

९ मंसिर २०७५, आईतवार १०:०९

 

सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले बर्सेनि करोडौँ रुपैयाँ खर्च गरे पनि सवारी साधनको जाँच गर्ने निकायको लापर्बाही र भएका सडकको दूरवस्थाका कारण दुर्घटनामा कमी आउन नसकेको सरोकारवालाहरूले बताएका छन्।

नेपालमा हालैका वर्षहरूमा सडक दुर्घटनामा वार्षिक २२ सयभन्दा बढीको ज्यान जाने गरेको प्रहरीको तथ्याकले देखाउँछ।दुर्घटनापछि अङ्गभङ्ग भएका संख्या त्यो भन्दा धेरै हुने गरेको छ।यो साता मात्र दुई ठूला सडक दुर्घटनामा २३ जनाको ज्यान गयो र सडकको नाजुक सुरक्षा अवस्था फेरि छर्लङ्ग भयो।सवारी चालकको लापर्बाही, क्षमता भन्दा धेरै यात्रु तथा भार बोक्ने प्रवृत्ती, सवारी साधन तथा सडकको दयनीय अवस्था, चालकले मादक पदार्थ सेवन गर्ने जस्ता कारणले सवारी दुर्घटना हुने गरेको विभिन्न अध्ययनहरूले औंल्याएका छन्।

गत बिहीवार डडेलधुरामा भएको बस दुर्घटनामा १८ जनाको ज्यान गयो।सुरक्षा जाँच गर्ने निकायको आफ्नो काम राम्ररी नगरेकाले पनि उक्त दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने ४७ जना अर्थात क्षमताभन्दा धेरै यात्रु बोकेर तीव्र गतिमा गइरहेको बसलाई त्यहाँ प्रहरीले जाँच गर्नु पर्ने थियो तर त्यसो गरिएको देखिएन ४७ जना अर्थात क्षमताभन्दा धेरै यात्रु बोकेर तीव्र गतिमा गइरहेको बसलाई त्यहाँ प्रहरीले जाँच गर्नु पर्ने थियो तर त्यसो गरिएको देखिएन।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी भन्छन हामीले सवारी चालक, सहयोगी र यात्रुहरूका लागि पनि चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यस्तो विभिन्न स्थानमा छड्के जाँच गरिन्छ र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई अझ कडा कारबाही गरिरहेका छौँ।ू गत शुक्रवार सप्तरीको समथर मानिने भूभागमा भएको बस दुर्घटनामा ५ जनाको ज्यान गयो भने करिब १५ जना घाइते भए।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माको भनाइमा सरकारले सडक सुरक्षाका लागि पर्याप्त काम गरिरहेको छ।

नेपालमा हालैका वर्षहरूमा सडक दुर्घटनामा वार्षिक रूपमा २२ सयभन्दा बढीको ज्यान जाने गरेको प्रहरीको आँकडाले देखाउँछ।
उनी भन्छन् ूहरेक सडक निर्माणमा सुरक्षाको छुट्टै काम हुन्छ। यस वर्ष हामीले सडक विभागलाई सडक सुरक्षाका साना तिना कामका लागि भनेर करिब १५ करोड रुपैयाँ दिएका छौँ। यस्तै सडकको नक्सा बनाउँदादेखि निर्माण सम्पन्न गर्दासम्म सडक सुरक्षा अडिट गर्ने गरेका छौँ।ू

राजधानी काठमाण्डू उपत्यकाका सबै सडकहरूमा नै सडक सुरक्षाका लागि अनिवार्य मानिने ट्राफिक बत्तीहरू र पर्याप्त ट्राफिक संकेत रेखा तथा चिह्नहरू राखेको देखिँदैन।प्रमुख राजमार्गहरूमा समेत पर्याप्त सुरक्षा संकेत चिह्नहरू राखेको पाइँदैन।देशभरका सबै सडकहरूमा ट्राफिक संकेत बत्ती तथा चिह्नहरू कहिले र कसरी राखिने हुन् त्यो सबै सडक प्रयोगकर्ताहरूका लागि कौतुहलताको विषय बनिरहेको छ