शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठक स्थगित

१५ कार्तिक २०७५, बिहीबार १४:५८

२०७५ काठमाडौं सिंहदरबारमा बोलाइएको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।

बिहान १०ः३० मा बोलाइएको बैठकमा ११ बजेसम्म पनि सांसदहरू उपस्थित नभएपछि बैठक मंसिर २ गतेसम्म स्थगित गरिएको उपसमिति संयोजक खगराज अधिकारीले जानकारी दिए। बिहीबार बैठकमा चिकित्सा विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो। बुधबार उपसमिति संयोजक अधिकारीलाई चिकित्सा विधेयकमाथि तत्काल राय सुझाव प्रतिवेदन बुझाउन भनिएको थियो। दशैँअघि नै डा गोविन्द केसी र सरोकारवाला पक्षहरूसँग छलफल गरिसकेको थियो।