शनिबार पनि श्रम स्वीकृति

१७ कार्तिक २०७५, शनिबार ०९:२७

काठमाडौं वैदेशिक रोजगार विभागले सेवाग्राहीको चाप बढेपछि शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति दिन लागेको हो ।

शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।