वैदेशिक रोजगारमा जानेको लाइन

५ मंसिर २०७५, बुधबार ०८:२९

सरकारले ३ पुस ०७३ मै अनलाइनबाट श्रम स्वीकृति लिने घोषणा गरेको थियो । त्यति मात्र होइन, श्रम मन्त्रालयले गत १५ असोजदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफइआइएएमएस सँगै श्रम स्वीकृतिलगायत सबै काम अनलाइनबाट गर्न सकिने व्यवस्था सार्वजनिक ग(यो ।

सरकारको यो घोषणाअनुसार श्रम स्वीकृतिको फाराम भर्न मात्र होइन, श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन, आफ्नो श्रम स्वीकृति भए–नभएको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एप्सबाटै जानकारी लिन सकिने भनिएको थियो ।

तर, सरकारको घोषणा कसरी कार्यान्वयन भएको छ – ताहाचलस्थित श्रम कार्यालयमा लाइन लागेका युवाको यही भिडबाट प्रस्ट हुन्छ । श्रम स्वीकृतिका कागज बुझाउन युवाहरू बिहान ३ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता छ । त्यसमा पनि दिनमा करिब चार सयको काम हुन्छ, चार सयजति नै विनाउपलब्धि फर्कनुपर्ने अवस्था छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल नयाँ श्रम स्वीकृतिमा समस्या नरहेको बताउँछन् । ‘अनलाइन सिस्टम सुरु हुनुअघि विदेश गएका कामदारको रेकर्ड हुँदैन, त्यस्ता कामदार फर्किएर पुनः पुरानै वैदेशिक रोजगारीमा जान दूतावासले प्रमाणीकरण गरेर अनलाइनमा राखिदिनुपर्छ । तर, त्यसका लागि दूतावासलाई त्यस्तो अधिकार दिन राजपत्रमा सूचना निकाल्नुपर्ने हुन्छ । सूचना प्रकाशनको प्रक्रियामा छ उनले भने ।यो खबर आजको नयापत्रीका दैनिकमा छ ।