रोजगारदाताले ढुक्कसँग लगानी गर्ने वातावरण निर्माण भयोः मन्त्री विष्ट

११ मंसिर २०७५, मंगलवार १५:१२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुबै श्रमिक र रोजगारदाताका लागि आजको दिन महत्वपूर्ण र गौरबपूर्ण भएको बताएका छन् ।

मंगलबार प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा मन्त्री विष्टले आफ्नो भविष्य निश्चिन्त भइ श्रम गर्न पाउने वातावरण बनेको बताए । ‘रोजगारदाताले पनि ढुक्कसँग लगानी गर्ने वातावरण बनेको छ’, उनले भने ।
मंगलबारदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिक र प्रतिष्ठान दुवैको योगदान बढ्न गइ राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको विश्वास छ ।सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने उनको भनाइ छ