राष्ट्रिय कार्यभार पुरा गर्ने बेला आएको छः सांसद रावल

६ मंसिर २०७५, बिहीबार १४:३२

काठमाण्डौ , नेपाल कम्प्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सांसद झपट बहादुर रावलले बिकास , समृद्दि र सुशासन कायम गर्नु पर्ने कुरामा जोड दिएका छन ।

संचारकर्मी संगको कुरामा उनले पाँच बर्षको कार्यकाल भित्र सरकारले राम्रो काम गरेर देखाउने दाबी समेत गरेका छन । नेपाल र नेपालीका लागि अहिले बिकास , समृद्दि र सुशासन कायम गर्ने महत्वपूर्ण कार्यभार रहेको भन्दै सबै राजनीतिक दल, सरकार र आम नागरिकबाट ती महत्वपूर्ण कार्यभार पूरा गर्नेतर्फ लाग्नुपर्ने बताए ।

उनले लोकतन्त्रको रक्षा,राष्ट्रियताको सुदृढीकरण,सामाजिक आर्थिक रुपान्तरण,सुशासन,सांस्कृतिक विकास र समान अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए ।नेपाली जनता र राजनीतिक दलले ६० वर्षदेखि संविधानका लागि लडेको र एक दशक संविधान निर्माणमा खर्च गरिसकेकोले बल्ल राष्ट्रिय कार्यभार पुरा गर्ने बेला आएको बताए ।

‘देशको बिकास र समृद्दिको यात्रा पुरा गर्न जनताले नेकपालाई मत दिएका हुन । अब हामीले पुरा गर्ने बेला आएको छ’ रावलले भने,‘’ नेकपाको नेतृत्वमा गठन भएको बर्तमान सरकारले नै राष्ट्रिय कार्यभार पुरा गरेरै देखाउने दाबी समेत गरे ।देशले चाहेको कार्यभार पूरा गर्न सुशासन कायम गर्नु पर्ने उनले बताए ।