मलेसियाले बढायो कामदारको तलब,

१६ कार्तिक २०७५, शुक्रबार १८:११

काठमाडौं – मलेसियामा निजी क्षेत्रमा काम गर्ने नेपालीसहित कामदारको न्युनतम तलब बढ्ने भएको छ ।

शुक्रबार संसदमा आउँदो आर्थिक वर्ष ९२०१९० को बजेट पेश गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान इङले कामदारको तलब मासिक ११ सय हुने घोषणा गरेका हुन । मलेसियाले केही महिना अघि एक हजार रिंगिट रहेको कामदारको न्यनतम पारिश्रमिकमा ५० रिंगिट बढाएको थियो ।यो घोषण आउँदो जनवरीबाट लागू हुनेछ । मलेसियाली सरकारले निर्धारण गरेको पारिश्रमिक पूर्ण रुपमा लागू भएमा नेपालीसहति कामदार लाभान्वित हुनेछन् । त्यस्तै, कामदारका अधिकार सुरक्षित गर्न र उनीहरुमाथि रोजगारदाताबाट हुने विभेद अन्त्य गर्न श्रम कानुनको पुनरावलोकन गरिने पनि बजेटमा उल्लेख छ ।