भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

२६ कार्तिक २०७५, सोमबार ०९:५४

 

काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।
आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् ।

मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् ।

पाण्डे पूर्वराजदूत हुन् भने ढकाल परराष्ट्रका सहसचिव हुन् ।

सरकारले औपचारिक रुपमा भने कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रवन्ध मिलाएर सार्वजनिक गरिने बताए ।