बानेश्वरमा दुई समूहबीच खुकुरी हानाहान, एकजनाको मृत्यु

८ मंसिर २०७५, शनिबार १६:२९

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच ग्याङ फाईट हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुकुम्बासी टोलमा बस्दै आएका विक्की मगर रहेका छन् । ग्याङ फाईट हुँदा अर्को समूहले खुकुरी प्रहार गरेपछि सिभिल अस्पताल बानेश्वरमा उपचारका क्रममा विक्कीको मृत्यु भएको बताईएको छ ।

घटनामा अनिल श्रेष्ठ गम्भिर घाईते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

प्रहरी स्रोतका अनुसार सुकुम्बासी बस्तीस्थित बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बिचमा ड्रग्सको डिलरको विषयलाई लिएर खुकारी हानाहान भएको थियो ।

ग्याङ फाईटमा संलग्नमध्ये अधिकांश ड्रग्स प्रयोगकर्ता तथा कारोवारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।