प्राडा कमलप्रकाश मल्लको देहान्त

२ मंसिर २०७५, आईतवार १०:०५

काठमाडौँ–नेपालका प्रखर बौद्धिक व्यक्तित्व प्राध्यापक डा कमलप्रकाश मल्लको देहान्त भएको छ ।
प्राडा मल्लको अमेरिकाको अटलान्टामा गत राती ११ः५० मा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको हो ।

उनी लामो समयदेखि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतिको ‘अल्जाइमर्स’बाट ग्रसित थिए । विसं। १९९३ को लक्ष्मी पूजाको दिन काठमाडौँमा जन्मिएका प्राडा मल्ल त्रिभुवन विश्वविद्यालयक पूर्व शिक्षाध्यक्ष हुन् ।

प्राडा मल्लले भाषाविज्ञान, नेपालभाषासँगै विविध भाषा, नेपाल संवत्, संस्कृति र इतिहासमा वैकल्पिक अध्ययन र गहन लेखनलाई धार दिएका थिए ।