प्रधानमन्त्री ओलीले काम गर्न सक्नु भएनः गगन थापा

६ मंसिर २०७५, बिहीबार १३:४७

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको आरोप लगाएका छन । ओलीको कारण परिणाम नआएको उनको दाबी छ ।

बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको र फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् ।

उनले पार्टी सभापतिको पनि आलोचना गरे । प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गरेको तर, आजश्यकताअनुसार दबाव सिजर्ना गर्न नसकेको उनले बताए ।

सभापतिमात्र होइन, दलका दोस्रो तेस्रो तहका नेताहरुले पनि संसदमा उभिएर सरकारलाई प्रश्न गरेको आफूले नपाएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘नेताले के भनिरहेको छ, के गरिरहेको छ, त्यसआधारमा दृष्टिकोण बन्छ । त्यसरी हेर्दा प्रतिपक्षी दलका रुपमा सशक्त भूमिका खेल्न सकेको छैन ।’