प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

२६ कार्तिक २०७५, सोमबार १२:५४

काठमाडौँ– प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।

भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमाले मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी प्राप्त भएको छ ।
यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्र्रिया गर्ने तयारी भएको पनि बताइएको छ । उक्त अन्तक्रिया सम्भवतः हरेक बिहीबार हुनेछ ।