पूर्व सांसद रामहरि राजनीतिका साथै समाजसेवामा

१ मंसिर २०७५, शनिबार १०:५१

काठमाण्डौ , मानेभञ्ज्याङ गाउँपालिका वडा नं २ वाक्साका चार घर आगलागी पीडितलाई पूर्व सांसद रामहरि खतिवडाले केहि दिन अघि कम्वल सहयोग गरेका थिए । उनले चार परिवारलाई २० थान कम्बल गाउँपालिका मार्फत सहयोग गरेका हुन् । आगलागीमा चार परिवारको घर तथा सबै धानमाल र पशु चौपाया समेत जलेका थिए ।

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । आगोलागी भएको खवर पाए संगै खतिवडाले कम्मल बोकेर गृह जिल्ला पुगेका थिए । उनि राजनीति मात्र गदैनन् समाजसेवामा समेत बिशेष ध्यान दिन्छन । बास्तवमा राजनीति भनेको नै समाजसेवा हो । तर राजनीतिलाई गलत ब्यक्तिका कारण बदनाम गराएका छन ।