पुष्प मेलामा ५० लाख बढीको कारोबार अवलोकन गर्नेको भीड

१८ कार्तिक २०७५, आईतवार ०९:०३

ललितपुर  बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भीड लागेको छ। नजिकिँदै गरेको तिहारलाई लक्षित गरी जावलाखेलमा आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको हो। तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैंयाको फूल बिक्री भएको छ।

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एसोसिएसनले मेला आयोजना गरिरहेको छ।उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षाकृ बढी कारोबार भएको एसोसिएसनले जनाएको छ।चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्षा गरिएको भएपनि तेस्रो दिनसम्ममा नै ५० लाख बढीको कारोबार भएको हो।

 

आइतबार समापन हुने मेलामा ६२ लाखभन्दाबढीको कारोबार हुने आँकलन एसोसिएसनले गरेको छ। प्रदर्शनीमा ४ सय ५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश छन्। प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने विभिन्न प्रजातिका गोदावरी फूलका साथै अन्य फूल पनि समावेश गरिएको छ। ‘रोपेर फूल गोदावरी सजाऔं, घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन्। सन् २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा सुरु भएको पूmल व्यवसाय ४३ जिल्लामा विस्तार भइसकेको छ।