पार्टी एकता प्रक्रियामा बिलम्व हुदाँ जनतामा निराशा छाएको छ, नेता चौहान

२८ कार्तिक २०७५, बुधबार १५:४९

काठमाण्डौ,
नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीका प्रभावशाली युवा नेता राम बहादुर चौहानले पार्टी भित्रको गुट उपगुटको अन्त्य गदै नेतृत्व अघि बढनु पर्ने कुरामा जोड दिएका छन । आयो टिभी संगको बिशेष कुराकानीमा उक्त कुरा बताएका चौहानले प्रदेश र स्थानीय सरकारहरु अहिले लगाम बिनाका घोडा बनेको भन्दै अव बिलम्व नगरी तल्लो तहमा समेत बिधि, प्रक्रिया र मापदण्डको आधारमा पार्टी एकता हुनु पर्ने बताएका छन् ।

“पार्टी कमिटीहरु गठन नहुदा पार्टीका नेता तथा कार्यकर्ताहरु अहिले जिम्मेवारीवीहीन बनेका छन । जसले गर्दा पार्टी र सरकारका सकारात्मक गतिबिधिहरु जनता समक्ष पुयाउने कुरामा समेत अभाव खडकिएको छ । कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुले केवल बिरोधीहरुका आलोचना सुनेर मात्र दिन बिताउनु पर्ने बाध्यता सिर्जना भएको छ । सुखि नेपाली र समृद्द नेपाल निर्माणको निम्ति कम्युनिष्ट पार्टी र दुइतिहाई भन्दा बढि बहुमत प्राप्त बर्तमान सरकारको कुनै बिकल्प नभएको नेता चौहानले ठोकुवा गरे ।” उनले भने—अव मुलुक बिकास र समृद्दिको मार्गचित्र सहित खरायोको गतिमा अगाडी बढ्रछ् । कोही पनि निराश र हतास हुनु पर्ने अवस्था छैन ।फरक प्रशंगमा बोल्दै चौहानले भने, हाम्रो देशमा रहेका सम्पूर्ण प्राकृतिक साधन स्रोतहरुको उच्चतम सदुपयोग गदै बिदेसिएका सम्पूर्ण युवाहरुलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्ने कुरामा बिशेष जोड दिए । केपी ओली , पुष्पकमल दाहाल , माधव कुमार नेपाल , झलनाथ खनाल लगायतका नेताहरु आफूलाई जन्म दिने बाबु आमा समान हुनु भएकोले मलाई मात्रै होइन, पार्टीको सन्तानको रुपमा रहेका कुनै पनि नेता तथा कार्यकर्ताहरुलाई अन्यायमा पर्न नपर्ने कुरामा समेत नेता चौहानले बिश्वास प्रकट गरे । बिधी , प्रक्रिया र मापदण्डका आधारमा पार्टी एकता गर्नु पर्ने एजेण्डा आज नेकपाको मात्रै नभई सिंगो राष्टकै एजेण्डा बन्न सफल भएकोमा नेता चौहानले हर्ष ब्यक्त गरे । पार्टी भित्र कुनै ब्यक्ति बिशेषको आलोचना नभई पार्टीका स्थापित मूल्य, मान्यता , बिधि, बिधान र प्रक्रियाको संरक्षणको निम्र्ति अन्तरसंर्घष गर्न आफू बाध्य भएको े कुरा समेत खुलासा गरे ।