नेविसंघका महामन्त्री काफ्लेलाइ हृदयघात

७ मंसिर २०७५, शुक्रबार ११:३३

काठमाडौँ । काँग्रेसको भ्रतृ संगठन नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाइ हृदयघात भएको छ । गएराती निवासमै उनलाई हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अहिले बासबारीस्थित गंगालाल अस्पतालमा अपरेशनको तयारी भैरहेको नेबिसंघ स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनको अवस्था भने स्थिर रहेको बताइएको छ ।अस्पतालमा अहिले काँग्रेस नेता प्रकाशमान सिंह, रामशरण महत, प्रदीप पौडेल लगायत नेबिसंघका नेता कार्यकर्ताको भीड लागेको छ स्रोतका अनुसार काफ्लेलाई शुरुमा हेम्स अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गंगालाल अस्पतालमा ल्याइएको जानकारी प्राप्त भएको छ । चिकित्सकहरुका अनुसार काफ्लेलाई ४८ घण्टा आइसीयुमा राख्नुपर्नेछ ।