नेपाली चेली लाइ अन्तर्राष्ट्रिय ताज

१८ कार्तिक २०७५, आईतवार ११:४६

काठमाडौं – नेपालकी चेली चन्दा थापा गिरीले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१८मा ‘मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८को ताज जितेकी छन् ।

सिंगापुरमा हिजो सम्पन्न विबाहित महिलाहरु बिचको यो प्रतियोगतिामा उनलाई रिवन इन्टरटेनमेन्ट प्रालिले पठाएको थियो । उनी केही अघि राजधानीमा सम्पन्न ‘मिसेस नेपाल इन्टरनेशनल २०१८की विजेता पनि हुन् । उनले फ्रेन्ड्ली इन्टरनेशन उपउपाधि पनि हात पारेकी छन् । प्रतियोगितामा मिसेस स्वीडेन इन्टरनेशनल मारिया स्वीनसनले मिसेस इन्टरकन्टिनेन्टल इन्टरनेशनल २०१८ र भियतनामकी भोङ नोक लोनले मिसेस इन्टरनेशनल २०१८ को उपाधि हात पारे । रिवनले प्रतियोगीतामा गिरी सहित मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनलाइ पठाएको थियो । प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको छ ।

प्रतियोगीतामा सुरुची पाण्डेले इन्टरनेशनल वेष्ट ट्यालेन्ट, एलिगेन्स व्युटी र व्युटी एमबेसडर उपउपाधि जितेकी छिन् भने एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल व्युटी र वेष्ट सेल्फ इन्टरडक्सन उपउपाधि आप्mनो बनाएकी छिन् । प्रतियोगितामा अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गरेका थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो।प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली सिंगापुर पुगेको थियो ।