नेकपा सचिवालय बैठक आज पनि

७ मंसिर २०७५, शुक्रबार ०९:१६

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकमा आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको लागि सुझाव दिन तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ।

प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले शुक्रबारेको बैठकमा पेश गरेको तिवेदनमाथि छलफल हुन लागेको हो। प्रतिवेदनमाथि छलफल हुन लागेको नेता अग्नि सापकोटाले जानकारी दिए। कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार सचिवालय बैठकमा सदस्यलाई अध्ययनका लागि दिएको र उक्त प्रतिवेदनमाथि शुक्रबार छलफल हुने नेता सापकोटाले बताए। प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गनिक एकीकरणको विषय अघि बढाउने नेकपाले जनाएको छ।

प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्नेछ कार्यदलले पेश गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिने नेकपाले तयारी गरेको छ। सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाले गरेको छ।