देउवाले नचाहँदा नचाहँदै भयो जिल्ला सभापतिहरूको ककनी भेला

१३ मंसिर २०७५, बिहीबार १३:२०

काठमाडौं

वैशाखमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कांग्रेस जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने निर्णय गरिएको थियो।कांग्रेसको विधानमा जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मलेन गर्ने प्रावधान नभए पनि पार्टी केन्द्रीय समितिको निर्णयको आधारमा विगतमा जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मलेन हुने गरेको थियो।

सोही निर्णयको आधारमा हेटौंडामा असारको पहिलो साता जिल्ला सभापतिहरुको भेला भएको थियो।केन्द्रीय समितिले जिल्ला बैठक बोलाउने विगतको नजिर विपरीत जिल्ला सभापतिहरुको पहलमा ककनी भेला भइरहेको छ।भेलाको पहल मुख्य रूपमा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले गरेका थिए। विधानमा जिल्ला सभापतिहरुको सुझाव दिनका लागि भेला गर्न स्वीकृत माग्दा पार्टी सभापति शेर बहादुर देउवाले स्वीकृति दिएका थिएनन्।देउवाले ग्रिन सिग्नल नदिएपछि केसीले आफ्नो सक्रियतालाई कम गरेनन्। दुई साताअघि केही जिल्ला सभापतिको काठमाडौंमा भएको आन्तरिक बैठकले भेला राख्ने निर्णय गरेको थियो।