दाङबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना

२९ कार्तिक २०७५, बिहीबार ११:२७

बुटवल

दाङबाट काठमाडौका लागि छुटेको बस नवलपरासीमा दुर्घटना भएको छ ।राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमै पल्टिदा १६ जना यात्रू घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ ।

गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यको स्थानीय कालिका मेडिकलमा उपचार भइरहेको समाचार प्राप्त भएको छ ।