जातीय कुरा बोक्ने हो भने देश रुवाण्डा हुने खतरा हुन सक्छः माधव नेपाल

२१ कार्तिक २०७५, बुधबार १६:०७

 

भक्तपुर –नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा सरकारका तर्फबाट पर्याप्त अनुगमन नभएको बताएका छन् ।

 

 

सूर्यविनायक नगरपालिका वडा नं। ५ को सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल संम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता नेपालले भने ‘विकासका लागि सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्दछ ।’

नेता नेपालले जातीयताको कुराले देश रुवाण्डा बन्ने खतरा भएको कुरा बताए । उनले भने– ‘सबैभन्दा पहिले हामीले जातभन्दा पनि म नेपाली हुँ भन्ने भावना लिनुपर्दछ, जातीय कुरा बोक्ने हो भने देश रुवाण्डा हुन्छ’ नेपालले भने । दुई तिहाई सरकारले देशमा विकास निर्माण र अन्य काम गर्दै गइरहेकोले आगामी केही वर्षमा सम्बृद्ध हुने उनको भनाई छ ।