छठ पर्वले मुलुकलाई एकताबद्द बनाएको छः प्रधानमन्त्री ओली

२७ कार्तिक २०७५, मंगलवार ०९:३३

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्ससाथ मनाइन थालेको उल्लेख गदै खुसी व्यक्त गरेका छन् । ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप वृद्धि गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।’

प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले छठ पर्वको अवसरमा समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबिहनी एवं दाजुभाइहरुलाई गोलबद्ध हुन अपिल पनि गरेका छन् ।

संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’ मा नै आधारित रहेको बताउ“दै प्रधानमन्त्रद्दीले सूर्यको प्रकाशको विना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने बताएका छन् । ‘पृथ्वीमा उर्जाको सबै भन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ ।छठ पर्वले मुलुकलाई एकताबद्द बनाएको छः प्रधानमन्त्री ओलीमात्र होइन, सूर्यको उपासना बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ ।