गोली हानी भारतीय जनता पार्टीका नेता परिहारको हत्या

१६ कार्तिक २०७५, शुक्रबार ०८:२१

एजेन्सी

भारतको जम्मु–कश्मिर राज्यका भारतीय जनता पार्टी बीजेपी का सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ।

बिहिबार साँझ जम्मू–कस्मिरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीको भनाइ छ। जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाले आतंककारी समूहले गोली प्रहार गरेको बताएका छन्। घटनाका निन्दा गर्दै विजेपी अध्यक्ष अमित शाहले दुःख व्यक्त गरेका छन्।