गच्छदारको उपसभापति पद संकटमा

१० मंसिर २०७५, सोमबार ०९:२०

काठमाडौं

पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन ।

सभापति शेरबहादुर देउवाले पार्टी एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’का आधारमा उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार विमलेन्द्र निधि उपसभापति मनोनीत गरिएका थिए ।केन्द्रीय समितिमा प्रस्तुत विधानको मस्यौदामा सहमति भएन र महासमितिले पनि पदाधिकारी नथप्ने अहिलेकै प्रस्ताव पारित गरे गच्छदारको उपसभापति पद संकटमा पर्नेछ ।,

गच्छदारलाई व्यवस्थापन गर्न दुई उपसभापति बनाउने व्यवस्था गर्नुपर्छ । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला त्यसको पक्षमा छैनन् । ‘उपसभापति मनोनीत गर्न खाली सिटमा नै उहाँ गच्छदारलाई ल्याएको भए समस्या हुने थिएन ।विधान मस्यौदा गर्दासमेत उहाँ समेटिनुभएन,’ विधान मस्यौदा समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले भने, ‘राजनीतिक रूपमा सबैले मानेका हुन्, तर प्रक्रिया पुगेन भनेर पहिले नै विरोध भयो । राजनीतिक निर्णय भनेर गर्दा विधानमा पनि समस्या आउने भयो । यो खबरआजको नयाँ पत्रिकामा छ ।