खासोग्गी हत्याबारे टर्कीको पहिलो आधिकारिक बयानः 

१५ कार्तिक २०७५, बिहीबार ०८:३९

बीबीसी

साउदी पत्रकार जमाल खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे टर्कीले पहिलो पटक आधिकारिक बयान दिएको छ । टर्कीका अनुसार खसोग्गी दूतावास प्रवेश गरेलगत्तै उनको घाँटी थिचेर हत्या गरियो ।

अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको उक्त हत्याबारे थुप्रै हप्तासम्म मिडियामा विभिन्न अड्कलबाजीपछि टर्कीले यस्तो बयान दिएको हो । , टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन ।मुख्य अभियोजक इरफान फिदानले सोमबार आफ्ना समकक्षीसँग भएको बैठकबाट कुनै ठोस नतिजा निस्कन नसकेको बताएका थिए ।

साउदी अरबले उक्त बैठकबारे कुनै टिप्पणी गरेको छैन ।टर्कीको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘पहिले नै बुनिएको योजना अनुरुप जमाल खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेलगत्तै घाँटी थिचेर हत्या गरियो ।भनिएको छ, ‘त्यसपछि पूर्वनियोजित तरिकाले उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।खसोग्गी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्ना देशको शासकका कडा आलोचकको रुपमा परिचित थिए ।उनको शव अहिलेसम्म फेला पार्न सकिएको छैन टर्की, अमेरिका र साउदी अरबले उनको हत्या साउदी वाणिज्य दूतावासभित्रै भएको ठोकुवा गरेका छन् ।

टर्कीको सत्ताधारी एके पार्टीका एक वरिष्ठ प्रवक्ताले बुधबार उनको हत्या कुनै वरिष्ठ पदमा बसेका व्यक्तिको अनुमती बिना हुनै नसकिनेभनेका छन् ।भनेसाउदी अरबले यसमा शाही परिवारको भूमिका छ भन्ने खबरलाई खण्डन गर्दै आएको छ ।टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले साउदी राजा सलमानसँग कुराकानी गरेका थिए दुबैले हत्या अनुसन्धानमा सहयोग गर्ने विषयमा सहमती जनाएका थिए ।अमेरिका, ब्रिटेन, फ्रान्ससमेत विभिन्न देशले यो घटनाक्रमका लागि साउदी अरबको कडा आलोचना गरेका छन् ।