काभ्रेमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

१८ कार्तिक २०७५, आईतवार ०९:३१

बनेपा शनिबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्। जिल्लाको चौंरीदेउराली गाउँपालिका–८ स्थित मानपुरे डाँडामा ना १ क ९५२४ नं को खाली ट्रक सडकबाट अनियन्त्रित भइ सय मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

भुम्लु गाउँपालिका ६ का १९ वर्षीय सुमन पहरी र सोही वडाका २८ वर्षीय सरोज पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले जानाकारी दीए।उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको एसपी खड्काले बताए। घाइतेहुनेमा सोही वडाका निरबहादुर पहरी, श्रीकृष्ण पहरी र ३१ वर्षीय सरोज पहरी रहेका छन्। उनीहरुकोे धुलिखेल अस्पतालमा उपचार भइरहको छ। ट्रकमा सात जना सवार रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।