कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२० कार्तिक २०७५, मंगलवार ०९:०९

काठमाडौं महासमितिको बैठक सार्ने निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेपछी पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएकोे महासमिति बैठकको मिति सार्नेछ ।विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको समय सर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार आजको बैठकले महासमितीको बैठक मंसिरभित्रै सम्पन्न गर्ने गरि नयाँ मिति तय गर्नेछ । दसैं र तिहारको बीचमा विधान मस्यौदाको अध्ययन र त्यसमाथि छलफल गर्न नभ्याइएकाले महासमितिको बैठक सार्नु परेको प्रवक्ता शर्माको भनाई छ ।