काँग्रेसले बोलायो मंसिर १ गते केन्द्रीय समिति बैठक

२९ कार्तिक २०७५, बिहीबार १५:३८

काठमाडौं

काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठक मंसिर १ गते शनिबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने स्रोतले जानकारी दिएको छ । बैठकमा विधान मस्यौदा समितिले तयार पारेको विधान, मंसिर २८ गतेबाट हुने महासमिति बैठक र नेविसंघको अधिवेशन र विधानका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।