कम्बोडियाका प्रधानमन्त्री सेन र म्यानमारकी विदेशमन्त्री सुकी काठमाडौंमा

१३ मंसिर २०७५, बिहीबार १३:०३

काठमाडौं

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सुलरसमेत रहेकी विदेशमन्त्री आङ साङ सुकी काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणाणमा दुवै नेपाल आएका हुन्

प्रधानमन्त्री सेन र विदेशमन्त्री सुकीलाई नेपालका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए। हुन सेन र सुकीलाई नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो। एशिया प्रशान्त शिखर सम्मेलनमा बिहीबारदेखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ।