ओली नेतृत्वको सरकार अक्षम महत

१५ कार्तिक २०७५, बिहीबार १७:३७

काठमाडौं–नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान केपी ओली नेतृत्वको सरकार सबै क्षेत्रमा अक्षम सावित हुदै गएको दाबी गरेका छन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस नेता महतले अघिल्लो वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत लगानी घटेकाले सम्वृद्ध मुलुक बनाउने सरकारको नारा नारामै सीमित भएको बताए ।जनताको शान्ति सुरक्षा कायम गर्ने सवालमा असक्षम देखिएको सरकार पछिल्लो समय लगानी भित्र्याउदै मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजाने सवालमा पनि अक्षम प्रमाणित भएको उनको तर्क थियो । नेपाल विकास सम्बन्धी विहिबार सार्वजनिक एशियाली विकास बैकको प्रतिवेदनले लगानी ह्ुवात्तै घटाएको देखाएको उल्लेख गर्दै उनले यस्तो अवस्थाले सम्वृद्ध मुलुक र सुखी नेपालीको लक्ष पुरा नहुने बताए ।उनले जनताको आवाज  समस्या र मर्का बुझ्ने पार्टी नेपाली काग्रेस मात्रै भएको भन्दै संगठन विस्तारका साथ अगामी निर्वाचनमा कांग्रेस एक्लैले सरकार बनाउने उद्घोष गरे ।