एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री ओली

३ मंसिर २०७५, सोमबार ०८:०१

काठमाडौं

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ तर सिंहदरबारमा हुने सो बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने नहुने अनिश्चित छ ।प्रधानमन्त्री अ‍ोली एक महिनादेखि सरकारी कार्यालय सिंहदरबार गएका छैनन् ।

मुलुकको कार्याकारी प्रमुखको भुमिमा रहेका उनले देशको शासनसत्ता सरकारी निवास बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।,
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य प्रगति चौमासिक समीक्षा बैठक प्रधानमन्त्रीकै उपस्थितिमा सिंहदरबारमा गर्ने निर्णय गरी बैठक आह्वान गरिसकेको ।यो खबर आजको नागरिक दैनिकमा छ ।