जेष्ठ नागरिक विश्रामस्थलको शिलन्यास

२६ आश्विन २०७५, शुक्रबार १२:०७

 

तिलोत्तमा नगरपालिका –४ डिंगरनगर स्थित श्रृङगेश्वर धाममा रोटरी क्लब अफ बुटवलले निर्माण गर्न लागेको जेष्ठ नागरिक विश्रामस्थलको बिहीवार एक कार्यक्रमबीच सिलन्यास गरिएको

रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराईले सिलान्यास गरेका हुन् । सो अवसरमा गभर्नर पाण्डेले माईक्रो फेमेलीको चलनले वृद्धवृद्धा आमावुवाहरू एक्लिनु पर्ने अवस्था आएको बताउँदै संगै रहेपनि छोरा बुहारीको व्यस्त जीवनले एक्लोपन महसुस गर्ने वातावरण नहोस भनेर मिलनकेन्द्र खोल्नु राम्रो कुरा भएको बताए ।
उनले जेष्ठ नागरिक मिलन केन्द्रले छिट्टै सार्थक रूप धारण गरोस् भन्ने कामना समेत गरे । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का आर सिएम चियर सन्तोष रिमालले वृद्धवृद्धाहरूको सम्मान नै मानवसेवाको उच्च सेवा हुने बताए ।
करिव ५ लाख रूपैयाँको लगानीमा २१ जना बस्न मिल्ने गरी राउण्डमा विश्रामस्थल बनाउन लागिएको हो । कार्यक्रममा क्लबका सचिव दया भण्डारी, श्रृङगेश्वर धामका अध्यक्ष ऋषि भण्डारी लगायतले बोलेका थिए