सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता

४ कार्तिक २०७५, आईतवार १४:१४

 

उदयपुर बेलका नगरपालिका का ४ ज्ञानेन्द्र आचार्य सुसाइड नोट लेखेर सप्तकोशी नदिमा बेपत्ता भएका छन् । नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर आचार्य शनिबार साझ सप्तकोशी नदीबाट वेपत्ता भएको वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

 

शनिबार रातिबाट वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले जानकारी दिए । प्रहरी निरीक्षक सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८स्थित कोशी पुलबाट हाम फालेको केही स्थानीयले देखेको बताए ।