साउदी युवराजले भेटे खसोग्गीका छोरालाई,

७ कार्तिक २०७५, बुधबार १७:२७

एजेन्सी ।

मंगलबार साउदी राजा र युवराजले टर्कीस्थित साउदी वाणिज्य दूतावासमा मारिएका जमल खसोग्गीका छोरा सलाहलाई भेटेका छन् ।

रियादस्थित यमामाह शाही दरबारमा भएको भेटमा जमलका भाई सहेल पनि सलाहसँगै थिए । साउदी सरकारी एजेन्सीले भेटमा राजा र युवराजले खसोग्गीका नजिकका दुई आफन्तलाई तिनको परिवारमाथि परेको शोकको लागि संवेदना व्यक्त गरेको जनाएको छ ।ट्वीटर प्रयोगकर्ताहरुले भने साउदी सरकारले सार्वजनिक गरेको उक्त भेटको फोटोहरु प्रति कडा टिप्पणी गरिरहेका छन् । विशेषत सलाह र साउदी युवराजबीच हात मिलाएको फोटोको धेरै आलोचना भइरहेको छ ।

खसोग्गी परिवारसँग नजिक रहेका एक व्यक्तिले समाचार एजेन्सी एपीसँगको कुराकानीमा सलाहलाई केही अघि देखि साउदीबाहिर जान प्रतिबन्ध लगाइएको बताए । सलाहका पिताले वासिन्टन पोष्टमा साउदी युवराजविरुद्ध आलोचनात्मक लेखहरु लेख्न थालेदेखिनै उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।