सर्लाही झडपको छानबिन गर्न समिति गठन

१४ कार्तिक २०७५, बुधबार १७:३२

काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको छ ।

२ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शेखर कोइरालाको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा १ जना प्रहरी नायब उपरीक्षक डिएसपी १ जना प्रहरी निरीक्षक पनि सहभागी छन् ।घटनाको अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले पनि एक जना डिएसपी सर्लाही पठाएको छ ।यसअघि मंगलबार बिहान भएको झडपमा अज्ञात व्यक्तिले गोली चलाउँदा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । उनी कांग्रेस कार्यकर्ता हुन् ।