संसदीय दलको नेता शाही

२६ आश्विन २०७५, शुक्रबार ०९:३९

 

सुर्खेत– कर्णाली प्रदेशमा लामो समयदेखि रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै हुने नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन् । शुक्रबार पत्रकारहरुसँग वीरेन्द्रनगरमा कुराकानी गर्दै उनले विगतको समझदारीअनुसार नै कर्णालीमा संसदीय दलको नेता चयन हुने बताए ।

‘विगतमा ४ र २ मुख्यमन्त्रीको भद्र सहमति भएको सबैलाई जानकारी नै छ ।’ उनले भने, ‘यहाँ पनि त्यहि हुनेछ ।’ उनले कर्णाली प्रदेशमा संसदीय दलको नेताका लागि विवाद नभएको बताए । ‘कर्णालीमा संसदीय दलको नेता को हुनेरु भन्ने विवाद नै छैन ।’ उनले भने, ‘नेकपाको केन्द्रलाई यहाँका प्रदेशसभा सदस्यले संसदीय दलको नेता चयन गर्न अनुरोध गर्नु भएको छ । सोही आधारमा आगामी कात्तिक ४ गते बस्ने पार्टीको स्थायी कमिटीको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नै संसदीय दलको नेता चयन गर्ने निर्णय गर्नेछ ।’